राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण बिभागले राष्ट्रिय परिचय नम्वर (NIN) नपाउनु भएका सेवाग्राहीको लागि NIN प्राप्त गर्न SMS Service सूचारु गरेको छ ।

 राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण बिभागले राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता गर्नु भएका तर राष्ट्रिय परिचय नम्वर (NIN)  नपाउनु भएका सेवाग्राहीको लागि NIN प्राप्त गर्न SMS Service सूचारु गरेको छ ।

यसको लागि आफ्नो Message Box मा गई 

N<space>16 digit आवेदन नम्वर टाईप गरी 30001 मा Message गर्नु पर्ने हुन्छ ।

जस्तै मेरो आवेदन नंवर 1234567891234567 भएमा  N 1234567891234567 टाईप गरी 30001 मा Message गर्नुहोला। 

यो सेवा निशुल्क र सहज रहेको हुनाले बिचौलियाको प्रलोभनमा नपर्ने समेत विभागले आग्रह गरेको छ ।



Post a Comment

0 Comments

Quick Links