राष्ट्रिय परिचयपत्रको लागि अनलाईन आवेदन दिने प्रकृया बारेको जानकारी



राष्ट्रिय परिचयपत्रको लागि अनलाईन आवेदन दिने प्रकृया बारेको जानकारी

१)Desktop/Laptop को Web Browser प्रयोग गरी URL http://enrollment.donidcr.gov.np/enter
गरेपछी NID Pre-Enrollment System को Homepage देख्न सक्नुहुन्छ। (*Mobile devices को प्रयोग नगर्नुहोला)


२) Login for Individuals बटन क्लिक गरेपछी आफ्नो Nepal Telecom (NTC), NCELL र Smart Telecom को
Mobile Number प्रदान गर्नु होला सो Mobile Number मा २ मिनेट भित्र OTP Code(One Time Password) प्राप्त हुन्छ ।


३) Mobile मा प्राप्त भएको OTP code entry गरी अगाडि बढ्नुहोस् त्यहाँ Dashboard page को दृश्य देख्न सक्नुहुन्छ । उक्त पेजको दाँया पट्टिको माथिल्लो भागमा रहेको New Enrollment बटनमा क्लिक गर्नुहोस्। Application Data tab खुल्छ।


४) Request No. आवेदकको request लाई चिनाउने एउटा पृथक नम्बर हो। Save Draft बटनमा क्लिक गरी गुलाबी रङको background भएको Mandatory (अनिवार्य) field हरु अनिवार्य भर्नुहोस्। Mandatory field हरु भरिसके पश्चात पुन Save Draft बटनमा क्लिक गर्दा १३-अंक (digit) को Request No. स्वत सिर्जना हुने गर्दछ।


५) OK बटन थिचेर अगाडि बढ्नुहोस्।


६) Appointment tab भित्र Appointment Details खण्ड रहेको छ। Appointment Details मा रहेको प्रदेश, जिल्ला र गा. पा./न. पा. drop-down बाट छनोट गर्नुहोस् । अहिलेलाई आवेदन स्थान सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालय हो अनि गा. पा./न. पा. मा DAO/जिल्ला प्रशासन कार्यालय छनोट गर्नुहोस् र बायोमेट्रिक दिने स्थानमा जिल्ला प्रशासन कार्यालय छनोट गर्नुहोस्। (हाललाई यो Step Skip गर्न सकिन्छ।

७) Appointment नलिई अगाडि Preview tab मा जानलाई Next बटनमा क्लिक गर्नुहोस्।


८) Preview tab भित्र यस NID Pre-Enrollment System प्रयोग गरी entry गरीएको सम्पुर्ण वैयक्तिक विवरण review गर्न सक्नुहुन्छ। कुनै कुरा सच्चयाउनु पर्यो भने, Previous बटन प्रयोग गरी सो tab मा गएर परिवर्तन गर्न सक्नुहुन्छ। सम्पुर्ण कुराहरु आफै चेक जाँच गरी ठिक भएको सुनिश्चित गरेपछि Submit बटनमा क्लिक गर्नुहोस्।


९) यस अनलाईन आवेदन फारमलाई Print आईकनमा किल्क गरी एक पेजको Printout निकाल्नुहोस्। त्यस Printout मा आवेदकको हस्ताक्षर गरेर सम्पुर्ण विवरणको प्रमाणीकरण गर्नुहोस्। त्यस Printout र आवश्यक सम्पुर्ण कागजात सक्कल प्रति लिएर Appointment tab मार्फत छनोट गर्नुभएको विवरण संकलन स्टेशन(जिल्ला प्रशासन कार्यालय तथा तोकिएका केन्द्र) सम्म गएर जैविक (Biometric) विवरण दिनुहोस्।


१०) विवरण संकलन स्टेशन (जिल्ला प्रशासन कार्यालय) मा सम्पुर्ण प्रक्रिया पूरा गरेपछि system online भएको खण्डमा National Identity Number (NIN)/ राष्ट्रिय परिचय नम्बर Confirmation Page मा प्राप्त हुन्छ । सो data त्यहाँ बाट Transferred Online भए पश्चात मात्र विभागको केन्द्रिय प्रणालीमा आउँछ र NIN Validate भई Mobile number मा NIN number म्यासेजमा आउँछ।


Post a Comment

0 Comments

Quick Links