सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गराउने सम्बन्धि अत्यन्तै जरूरी सूचना

         सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गराउने सम्बन्धि अत्यन्तै जरूरी सूचना ।

प्रस्तुत विषयमा नेपाल सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता वितरणलार्इ व्यवस्थित, प्रभावकारी र पारदर्शी ढङ्गले वितरण गर्न सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ को नियम (४) को उपनियम (१) वमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरूले श्रावन महिना देखि कार्तिक मसान्त भित्र सम्बन्धित वडा कार्यालयमा नवीकरणको लागि निवेदन दिनुपर्ने व्यहोरा उल्लेख भएतापनि हाल आर्थिक वर्ष २०७८/०८९को बजेट वमोजिम त्रैमासिक वजेट निकासा गरी असोज मसान्त भित्र पहिलो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरू स्वंम उपस्थित भर्इ भदौ मसान्तभित्र अनिवार्य परिचयपत्र नवीकरण गरिसक्न यो सूचना प्रकाशन गरिएको छ ।

आवश्यक कागजातहरूः-

ज्येष्ठ नागरिकको हकमा

       नागरिकताको प्रतिलिपि

       पासपोर्ट साइजको फोटो १ प्रति

ज्येष्ठ नागरिक दलितको हकमा

       नागरिकताको प्रतिलिपि

       पासपोर्ट साइजको फोटो १ प्रति

एकल महिला, विधुवा ६० वर्ष माथिको हकमा

       नागरिकताको प्रतिलिपि

       मुत्यु दर्ताको प्रतिलिपि

       पासपोर्ट साइजको फोटो १ प्रति

विधुवा ६० वर्ष मुनिको हकमा

       नागरिकताको प्रतिलिपि

       पतिको मुत्यु दर्ताको प्रतिलिपि

       अर्को विवाह नगरेको प्रमाणपत्रको प्रतिलिपि

       पासपोर्ट साइजको फोटो १ प्रति

पुर्ण अपाङ्गता "" बर्गको हकमा

·         अपाङ्गता प्रमाणपत्रको प्रतिलिपि

·         जन्मदर्ता/नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

·         संरक्षकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

·         पासपोर्ट साइजको फोटो १ प्रति

अति अशक्त अपाङ्गता "" बर्गको हकमा

·         अपाङगता प्रमाणपत्रको प्रतिलिपि

·         जन्मदर्ता/नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

·         पासपोर्ट साइजको फोटो १ प्रति

न्यायिक पृथकिकरण गरी बसेको हकमा

·         न्यायिक पृथकिकरणको प्रमाणपत्र

·         नागरिकताको प्रतिलिपि

·         पासपोर्ट साइजको फोटो १ प्रति

लोपन्मुख जातिको हकमा

·         जन्मदर्ता/नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

·         बालबालिका भएमा संरक्षकको नागरिकताको प्रतिलिपि

·         पासपोर्ट साइजको फोटो १ प्रति

दलित बालबालिकाको हकमा

·         जन्मदर्ताको प्रतिलिपि

·         संरक्षकको नागरिकताको प्रतिलिपि

·         पासपोर्ट साइजको फोटो १ प्रति


Post a Comment

0 Comments

Quick Links